close

नग्न तस्वीर र भिडिओमा किशोरीको टाउको जोडेर चरित्रहत्या गर्ने पुरुष पक्राउ

टेकपाना टेकपाना

जेठ ३०, २०८० १५:१३

नग्न तस्वीर र भिडिओमा किशोरीको टाउको जोडेर चरित्रहत्या गर्ने पुरुष पक्राउ

काठमाडौं । महिलालाई अनलाइनमा दुर्व्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १४ का ४२ वर्षीय रामकुमार सुनार रहेका छन् ।

नग्न तस्वीर र भिडिओमा आफ्नो टाउको जोडेर फेक अकाउन्टबाट दुःख, हैरानी दिन थालेपछि पीडित महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उजुरीमाथि प्रारम्भिक अनुसन्धान र प्राविधको विश्लेषण गर्दा सुनार पक्राउ परेको ब्यूरोले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ परेका सुनारमाथि विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८० १९:५७