close

आईसीसी क्रिकेट विश्वकप छनोटका खेल नेटटिभीमा निःशुल्क हेर्न पाइने

टेकपाना टेकपाना

जेठ ३२, २०८० १४:३

आईसीसी क्रिकेट विश्वकप छनोटका खेल नेटटिभीमा निःशुल्क हेर्न पाइने

काठमाडौं । नेपाली टोली सम्मिलित आईसीसी पुरुष विश्वकप २०२३ छनाेट प्रतियोगिता नेटटिभी एपमार्फत नि:शुल्क हेर्न सकिने भएको छ । जिम्बावेमा असार ३ देखि हुने प्रतियोगिताका सबै ३४ खेलहरू नेटटिभीले आफ्नो एपसँगै वेबसाइटमा नि:शुल्क प्रसारण गर्ने भएको हो ।

यसका लागि स्टार इन्डिया प्रालिमार्फत मिडिया अधिकार प्राप्त गरेको जोहरा इन्टरनेसनल प्रालिसँग एड प्याड प्रालिले सम्झौता गरेको छ । नेपाली समय अनुसार मध्यान्ह १२:३५ बाट सुरु हुने यी खेलहरू नेटटिभीमा नेपालभित्र मात्र हेर्न सकिने छ ।

असार २४ गतेसम्म हुने प्रतियोगितामा नेपालले आयोजक जिम्बावे, अमेरिका, नेदरल्यान्ड्ससँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरुद्ध खेल खेल्ने तालिका छ । 

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० १५:१०