close

कुनै पनि एआई च्याटबटमा आफ्नो व्यक्तिगत विवरण प्रयोग नगर्न कर्मचारीलाई गुगलको निर्देशन

टेकपाना टेकपाना

असार २, २०८० १९:२०

कुनै पनि एआई च्याटबटमा आफ्नो व्यक्तिगत विवरण प्रयोग नगर्न कर्मचारीलाई गुगलको निर्देशन

काठमाडौं । गुगलले आफ्ना कर्मचारीहरूलाई एआई च्याटबट प्रयोग गर्दा आफ्नो कुनै पनि व्यक्तिगत विवरण प्रयोग नगर्न भन्दै निर्देशन दिएको कुरा बाहिरिएको छ । कम्पनीले अन्य कुनै पनि एआई च्याटबट मात्र नभई आफ्नै कम्पनीले बनाएको बार्डमा पनि व्यक्तिगत विवरण प्रयोग नगर्न चेतावनी दिएको हो ।

पछिल्लो समय आफूले सोधेका हरेक प्रश्नको जवाफ दिने, मानिस जस्तै कुराकानी गर्ने च्याटबटको लोकप्रियता बढ्दो छ । ओपनएआईले सार्वजनिक गरेको च्याटजीपीटीले चर्चित भएको यो प्रविधि अहिले विभिन्न प्लेटफर्महरूमा सहजै पाउन सकिन्छ ।

यस्तोमा प्रयोगकर्ताले कामको लागि आफ्ना व्यक्तिगत संवेदनशील विवरण पनि उपलब्ध गराउने भएको हुँदा गुगलले आफ्ना कर्मचारीहरूलाई यसो नगर्न चेतावनी दिएको हो । यो कुरा कम्पनीले स्वीकार गरेको रोयटर्समा उलेल्ख छ ।

कम्पनीका अनुसार यसरी दिइएको डेटा लिक हुनसक्ने सम्भावना उच्च छ । एउटै प्रकृतिको प्रविधि तयार गर्ने डेभलपरहरूले यस्तो डेटा निकाल्न पनि सक्ने कम्पनीको भनाइ छ । साथै कम्पनीले आफ्ना इन्जिनियरहरूलाई एआई च्याटबटले तयार गरेको कोडहरू पनि सोझै प्रयोग नगर्न निर्देशन दिएको छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८० १९:२०