close

भन्सार छलेर ल्याइएका १९ लाख रुपैयाँ बढीको मोबाइल डिस्प्ले बरामद

टेकपाना टेकपाना

असार ३, २०८० १८:२९

भन्सार छलेर ल्याइएका १९ लाख रुपैयाँ बढीको मोबाइल डिस्प्ले बरामद

काठमाडौं । भन्सार छली गरी ल्याइएका १९ लाख रुपैयाँ बढीकाे मोबाइल डिस्प्ले प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालले एक विज्ञप्ति जारी गर्दै भन्सार छली गरी ल्याइएका १२ सय ८४ थान डिस्प्ले बरामद गरेको जानकारी दिएको हो ।

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुर इलाकाबाट शुक्रबार १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाइल डिस्प्ले बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

ती मोबाइल डिस्प्ले भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार ३, २०८० १८:२९