काठमाडौं । कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सञ्चालन गरिरहेको ‘धुर्मुस सुन्तली’ नामक युट्युब च्यानल ह्याक भएको छ ।
छ घण्टा अगाडि ह्याक भएको सो च्यानलबाट अहिले (यो समाचार तयार गर्दासम्म) नेपालमा अवैध क्रिप्टो सम्बन्धी कार्यक्रमको लाइभ भइरहेको छ ।
साइबर सुरक्षा जानकार राजेन्द्र अर्यालले टेकपानालाई दिएको जानकारी अनुसार च्यानल रिकभर गर्ने काम भइरहेको छ ।
“हामीले रिकभर गर्नका लागि सबै प्रक्रिया पूरा गरिसकेका छौं,” अर्यालले भने, “भरसक आजै फिर्ता आउँछ ।” यो च्यानल ह्याक भएको यो दोस्रो पटक हो ।
भिडिओ एडिटरले प्रयोग गर्ने क्रयाक सफ्टवेयरका कारण यस्ता ह्याकिङका घटना दोहोरिएको अर्यालको भनाइ छ । ह्याक भएको सो च्यानलमा आठ लाख ३७ हजार बढी सब्स्क्राइबर छन् ।
सोमबारबाट मात्रै यो च्यानलमा नयाँ वेब सिरिज 'म त मर्छु कि क्या हो' को प्रशारण सुरु भएको थियो ।
-अपडेटः ह्याक भएको ‘धुर्मुस सुन्तली’ युट्युब च्यानल फिर्ता भएको छ ।