काठमाडौं । नेपाली बजारमा आईफोन १४ सिरिज अन्तर्गत प्रो माेडेलहरूकाे मूल्य घटेको छ । नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जीनेक्स्ट (जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि) ले हालै नयाँ मूल्य सार्वजनिक गरेको हो ।
यसअघि एक लाख ८० हजार १९० रुपैयाँ पर्ने १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे आईफोन १४ प्रो अब एक लाख ७२ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ । कम्पनीले यो भेरियन्टमा सात हजार २०० रुपैयाँ घटाएको हो ।
त्यस्तै २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको १४ प्रोको मूल्य कम्पनीले छ हजार ९०० रुपैयाँले घटेको छ । यसअघि यो भेरियन्टको मूल्य एक लाख ९८ हजार ८९० थियो । कम्पनीले नयाँ मूल्य एक लाख ९१ हजार ९९० राखेको छ ।
आईफोन १४ प्रो ५१२ जीबी स्टोरेजको मूल्य यसअघि दुई लाख ४६ हजार ९९० रुपैयाँ रहेकाेमा अब दुई लाख २८ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ । यो भेरियन्टको मूल्य १८ हजार रुपैयाँले घटेको छ ।
आईफोन १४ प्रो १ टीबी स्टोरेज भेरियन्टमा पनि कम्पनीले १८ हजार रुपैयाँ घटाएको छ । यसअघि दुई लाख ८४ हजार रुपैयाँ रहेकाे उक्त फाेन अब दुई लाख ६६ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ ।
आईफोन १४ प्रो म्याक्सका पनि चारै ओटा भेरियन्टको मूल्य घटेको छ । १२८ जीबी स्टोरेज भेरियन्टको आईफोन १४ प्रो म्याक्सको मूल्य छ हजार ९०० रुपैयाँले घटेको छ । यसअघि एक लाख ९८ हजार ८९० रुपैयाँ पर्ने उक्त भेरियन्ट अब एक लाख ९१ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ ।
त्यस्तै यसअघि दुई लाख १७ हजार ७९० रुपैयाँ पर्ने आईफोन १४ प्रो म्याक्सको २५६ जीबी भेरियन्ट अब दुई लाख १० हजार ९९० रुपैयाँमा पाइन्छ । यसमा कम्पनीले छ हजार ८०० रुपैयाँ घटाएको छ ।
त्यसैगरी १४ प्रो म्याक्स ५१२ जीबी भेरियन्टको मूल्य १८ हजार रुपैयाँले घटेको छ । यसअघि दुई लाख ६५ हजार ९९० पर्ने सो भेरियन्ट अब दुई लाख ४७ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ ।
यसैगरी आईफोन १४ प्रो म्याक्स १ टीबी भेरियन्टको मूल्य कम्पनीले १९ हजार रुपैयाँ घटाएको छ । यसअघि तीन लाख चार हजार ९९० रुपैयाँ पर्ने यो भेरियन्ट अब दुई लाख ८५ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।