काठमाडौं । नायिका आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने गरी सामग्री पोस्ट गर्ने दुई फेसबुक पेज विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । बिना अनुमति आफ्नो फोटोसहित गलत सामग्री लेख्ने दुई फेसबुक पेजविरुद्ध उनले साइबर ब्यूरोमा शनिबार उजुरी दिएकी हुन् ।
नायिका शर्माले हालैको एक अन्तर्वार्तामा दयाहाङ राईबारे बोलेको भन्दै यी फेसबुक पेजले भ्रामक सामग्री पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा गलत कमेन्ट बढ्न थालेपछि आँचलले भ्रमपूर्ण समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम हदैसम्मको कारबाही गर्न माग राखेकी छन् ।
आँचलले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडिओ, अडियो, तस्वीर, अक्षर स्क्रिनशट पनि पेश गरेकी छन् ।
यता दयाहाङ राईले पनि एक फेसबुक पोस्ट लेख्दै आँचलले आफ्नाबारे कतै पनि गलत बोलेको नसुनेकाले भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् ।