काठमाडौं । ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ परेका छन् ।
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
सचिव राउतले करिब तीन महिना अगाडि मात्र सचिवको रुपमा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।