close

पल शाहसँगको एपिसोड विवादित बनेपछि कान्तिपुर टिभीको ‘ह्वाट द फ्लप’ सधैंका लागि बन्द

टेकपाना टेकपाना

साउन ४, २०८० १४:१०

पल शाहसँगको एपिसोड विवादित बनेपछि कान्तिपुर टिभीको ‘ह्वाट द फ्लप’ सधैंका लागि बन्द

काठमाडौं । कार्यक्रममा छनोट भएका पात्रसँगको भिडिओ विवादित बनेपछि कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम नै बन्द गरेको छ । बिहीबार सामाजिक सञ्जालमा एक सूचना राख्दै कान्तिपुरले कार्यक्रम बन्द गरेको घोषणा गरेको हो ।

“गत असार २३, शनिबार प्रसारित “ह्वाट द फ्लप” मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडिओ हामीले युट्युबबाट हटाइसकेका छौं,” सूचनामा लेखिएको छ, “महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं । धन्यवाद ।”

कान्तिपुर टेलिभिजनमा हाँस्य कलाकार सन्दीप क्षेत्रीले सञ्चालन गर्दै आएको कार्यक्रमको असार २३ गतेको शृङ्खला विवादित बनेको थियो । कार्यक्रमका लागि छनाेट गरिएका पात्र र त्यस कार्यक्रममा समेटिएका विषय पीडित महिलाको विपक्षमा भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८० १५:२