काठमाडौं । नेपाली बजारमा नयाँ बिजुली गाडी सिट्रोन ई-सी थ्री भित्रिएकाे छ । फ्रेन्च ब्रान्ड सिट्राेनकाे याे पहिलाे बिजुली गाडी हाे । भारतमा उत्पादन भएको यो गाडी नेपालमा साँग्रिला मोटर्सले भित्र्याएकाे छ ।
यसकाे मूल्य ३३ लाख रूपैयाँ ताेकिएकाे छ । हामीले हालै याे गाडीकाे पहिलाे अनुभव लिएका छाैं । हामीले सेतो रङ्गको गाडीमा चढ्यौं, जुन हेर्दा प्रिमियम देखिन्छ । अझ चढेर हेर्दा ठीकै मूल्यमा राम्रै गाडी चढेको भान हुन्छ । कम्पनीले गाडी र पछाडिको भागमा ब्राण्डिङ गरेको छ ।
यो ‘लाइभ र फिल’ गरी दुई भेरियन्टमा उपलब्ध छ । त्यस्तै यो १.२ लिटर नेचुरल्ली एस्पिरेटेड र टर्बो चार्ज्ड इन्जिनमा उपलब्ध छ । नेचुरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम ८२ हर्ज पावर र टर्बो इन्जिनले ११० हर्ज पावर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
सिट्रोन ई-सी थ्रीमा २९.२ किलोवाट क्षमताको ब्याट्री उपलब्ध गराइएको छ । गाडीसँगै उपलब्ध हुने ३.३ किलोवाट क्षमताको एसी चार्जरले गाडीलाई साढे १० घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसले डीसी चार्जर पनि सपोर्ट गर्ने बताइएको छ । कम्पनीका अनुसार डीसी चार्जरबाट यस गाडीलाई १० देखि ८० प्रतिशत चार्ज गर्न ५७ मिनेट लाग्छ ।
एक पटकको फुल चार्जमा ३२० किलोमिटर दूरी तय गर्न सकिने कम्पनीको दाबी छ ।
गाडीमा पाँच जनाको सिट क्षमता रहेको छ । जसमा ४२ किलोवाट क्षमताको मोटर समावेश छ । सिट्रोन ई सी थ्रीको लम्बाइ ३९८१ एमएम, चौडाइ १७३३ एमएम, उचाइ १६-४ एमएम र ह्विलबेस २५४० एमएम रहेको छ । यसको बुटस्पेस ३१५ लिटर छ ।
कम्पनीले ब्याट्रीमा सात वर्ष अथवा १ लाख ४० किलोमिटर, मोटरमा ५ वर्ष अथवा एक लाख किलोमिटरको वारेन्टी दिइएको छ । साथै भेहिकल वारेन्टी भनेर तीन वर्ष अथवा एक लाख २५ हजार किलोमिटरको वारेन्टी पनि दिएको छ ।
यसको लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।