close

च्याटजीपीटीको एन्ड्रोइड एप सार्वजनिक

टेकपाना टेकपाना

साउन १०, २०८० १२:२०

च्याटजीपीटीको एन्ड्रोइड एप सार्वजनिक

काठमाडौं । अन्ततः ओपनएआईको भाइरल एआई च्याटबट च्याटजीपीटी एन्ड्रोइडमा उपलब्ध भएको छ । यसअघि एपस्टोरमा आइसकेको एप गुगल प्लेस्टोरमा ‘कमिङ सुन’मा राखिएको थियो ।

एन्ड्रोइडमा एप आइसकेको भए पनि सुरुवाती चरणमा सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने छैनन् । अमेरिका, भारत, ब्राजिल र बङ्गलादेशका एन्ड्राेइड प्रयाेगकर्ताले मात्र पहिलाे चरणमा च्याटजीपीटी चलाउन पाउनेछन् ।

यी देशमा हुने प्रयोगकर्ताले यहाँ क्लिक गरी याे एप एन्ड्रोइडमा डाउनलोड गर्न सक्नेछन् । ओपनएआईका अनुसार आगामी हप्ता अन्य देशबाट पनि एप डाउनलोड गर्न सकिनेछ ।

अमेरिकामा पहिलो पटक आईओएसमा उपलब्ध भएको यो एप त्यसको करिब एक सातापछि विश्वभर आईओएसमा सार्वजनिक भएको थियो ।

अन्य देशहरूबाट भने प्लेस्टोरमा रहेको ओपनएआईको एप रजिस्टर गर्न सकिन्छ । रजिस्टर गरिसकेपछि भने एप उपलब्ध भइसकेपछि प्रयोगकर्तालाई मेल वा नोटिफिकेसन आउनेछ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १२:२०