close

पोर्न साइट जस्तो देखिएको भन्दै ट्वीटरको नयाँ डोमेन ‘एक्स डटकम’ माथि इन्डोनेसियाको प्रतिबन्ध

टेकपाना टेकपाना

साउन १०, २०८० १२:४९

पोर्न साइट जस्तो देखिएको भन्दै ट्वीटरको नयाँ डोमेन ‘एक्स डटकम’ माथि इन्डोनेसियाको प्रतिबन्ध

काठमाडौं । पहिले ट्वीटरको रूपमा चिनिने सामाजिक सञ्जालको साइट एक्स डटकममाथि इन्डोनेसियाले प्रतिबन्ध लगाएको छ । इन्डोनेसियाको सञ्चार तथा सूचना मन्त्रालयले अनलाइन पोर्नोग्राफी तथा जुवामा पर्ने भन्दै एक्स डटकममाथि प्रतिबन्ध लगाएको हो ।

उक्त डोमेन इन्डोनेसियाको अश्लीलता एवं जुवासम्बन्धी नियम विपरीत प्रयोग भएको भन्दै त्यसमाथि प्रतिबन्ध लगाएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका निर्देशक उस्मान कोनसङका अनुसार सरकारले कम्पनीलाई साइटको बारेमा स्पष्ट पार्न सम्पर्क गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अहिले इन्डोनेसियाका प्रयोगकर्ताले ट्वीटर प्रयोग गर्न पाइरहेका छैनन् । इन्डोनेसियामा ट्वीटरका दुई करोड ४० लाख बढी प्रयोगकर्ता छन् । ट्वीटरका मालिक एलन मस्कले हालै माइक्रोब्लगिङ प्लेटफर्मलाई एक्समा रिब्रान्ड गरेका थिए ।

रिब्रान्ड भएसँगै प्लेटफर्मको नाम र लोगो परिवर्तन भएको छ । उक्त लोगो र नामबारे अहिले विभिन्न प्रश्नहरू उठिरहेका छन् । रिब्रान्ड गरेसँगै एक्स डटकम रिडाइरेक्ट भएर ट्वीटरमा आउने बनाइएको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १३:४