close

जीडब्लूएमको बिजुली गाडी किन्न चाहनेलाई १०.८० प्रतिशत ब्याजदरमा ऋण दिँदै एभरेष्ट बैंक

टेकपाना टेकपाना

साउन ११, २०८० १०:५८

जीडब्लूएमको बिजुली गाडी किन्न चाहनेलाई १०.८० प्रतिशत ब्याजदरमा ऋण दिँदै एभरेष्ट बैंक

काठमाडौं । नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता भीजी इम्प्लेक्स र एभरेष्ट बैंकबीच वित्तीय (फाइनान्सिङ) सम्झौता भएको छ । जीएमडब्लूको विद्युतीय गाडी ओरा ०३ र अन्य आईसीई गाडी खरिदका लागि ग्राहकलाई फाइनान्स सुविधा उपलब्ध गराउन सम्झौता भएको हो ।

उक्त सम्झौतामा बुधबार भीजी इम्पेक्स जीडब्लुएम नेपालका भाइस-प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र एभरेष्ट बैंक लिमिटेडका उप-महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका छन् ।

यसअन्तर्गत एभरेष्ट बैंकले जीएमडब्लूको विद्युतीय गाडी खरिदमा ग्राहकलाई बढीमा ८० प्रतिशत ऋण उपलब्ध गराउनेछ । ऋण तीन वर्षभित्र चुक्ता गर्नेलाई १०.८० प्रतिशत ब्याजदर लाग्नेछ भने सात वर्षभित्र चुक्ता गर्नेको हकमा ११.३० प्रतिशत ब्याजदर लाग्नेछ ।

यदि बैंकबाट ५० प्रतिशत फाइनान्स लगियो र आफूले ५० प्रतिशत तिरेको अवस्थामा ब्याजदरमा ०.५० प्रतिशत छुट हुने भीजी इम्प्लेक्सले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८० १३:१९