close

वेबपी फर्म्याटको फोटोलाई जेपीजीमा डाउनलोड गर्ने तरिका

टेकपाना टेकपाना

साउन १५, २०८० १०:५५

वेबपी फर्म्याटको फोटोलाई जेपीजीमा डाउनलोड गर्ने तरिका

काठमाडौं । डिजिटल युगमा फोटो वा तस्वीरको महत्त्व धेरै छ । कुनै जानकारी दिन, भावना व्यक्त गर्न तथा वेबसाइट र एप्लिकेसनहरूमा प्रयोगकर्ताको अनुभव बढाउन फोटोको महत्त्वपूर्ण भूमिका रहन्छ । फोटो विभिन्न फर्म्याटका हुन्छन् । पुरानो फर्म्याट जेपीईजी (JPEG वा JPG) को तुलनामा अहिले वेबपी (WebP) फर्म्याटको प्रयोग बढ्दो छ ।

वेबपी फर्म्याटमा भएका फोटोहरू फोटोशप लगायत अन्य फोटो एडिटिङ सफ्टवेयरमा सपोर्ट हुँदैनन् । त्यसैले हामीलाई जेपीईजी वा पीएनजी (PNG) फर्म्याटकाे फोटो आवश्यक पर्छ । 

वेबपी इमेज फर्म्याट गुगलले एक दशकअघि सार्वजनिक गरेको फोटो फर्म्याट हो । यो फर्म्याटको फोटोको आकार सानो भए पनि गुणस्तर भने राम्रो हुन्छ । त्यसैले धेरै प्रयोगकर्ताले यो फर्म्याटमा वेबसाइटमा फोटो अपलोड गर्न सक्छन् । ​गुगल डेभलपरका अनुसार वेबपी फर्म्याटका फोटोको आकार तुलनात्मक रूपमा अन्य फर्म्याटका फोटोभन्दा २५ प्रतिशत कम हुन्छ ।

त्यसैले यस्ता फोटो इन्टरनेट स्पिड कम हुँदा पनि लोड हुन्छन् र सहजै डाउनलोड हुन्छन् । यही विशेषताले गर्दा पनि वेबसाइट चलाउनेहरूले वेबपी फर्म्याटका फोटो अपलोड गर्ने गर्छन् ।

वेबपी फर्म्याटलाई कसरी जेपीईजी फर्म्याटमा डाउनलोड गर्ने ?

इन्टरनेटमा भएका वेबपी फर्म्याटका फोटो जेपीईजी फर्म्याटमा डाउनलोड गर्ने थुप्रै तरिका छन् । त्यहीमध्येका दुई ओटा तरिकाबारे जानकारी दिँदैछौँ ।

१) 'सेभ एज इमेज' क्रोम एक्सटेन्सन डाउनलोड

-  सबैभन्दा पहिले यहाँ क्लिक गरेर सेभ एज क्रोम एक्सटेन्सन पेजमा जानुहोस् ।

-  त्यसपछि 'एड टु क्रोम'को बटनमा क्लिक गरेर एक्सटेन्सन डाउनलोड गर्नुहोस् ।

-  यति गरेपछि गुगलमा आफूलाई आवश्यक परेको फोटो सर्च गर्नुहोस् ।

-  फोटोमा राइट क्लिक गर्नुहोस् ।

-  अनि, सेभ इमेज एज टाइमको अप्सनमा क्लिक गर्नुहोस् ।

-  र, आफूलाई आवश्यक फर्म्याट छानेर फोटो डाउनलोड गर्नुहोस् ।

२) फोटो वेबपीमै डाउनलोड गरेर पेन्ट सफ्टवयेरबाट परिवर्तन गर्नुहोस्

इन्टरनेटबाट डाउनलोड गरेका वेबपी फर्म्याटका फोटो कम्प्युटरको पेन्ट एपबाट खुल्छ ।

-  फोटो पेन्ट एपमा खुलिसकेपछि माथि सेभको अप्सनमा क्लिक गर्नुहोस् ।

-  यति गरेपछि सेभ एज टाइपमा क्लिक गरेर आफूलाई उपयुक्त फर्म्याट छानेर डाउनलोड गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: साउन १५, २०८० ११:९