close

महेन्द्रसिंह धोनी निदाएको भिडिओ रेकर्ड गर्ने एयर होस्टेस विवादित

टेकपाना टेकपाना

साउन १७, २०८० १५:४०

महेन्द्रसिंह धोनी निदाएको भिडिओ रेकर्ड गर्ने एयर होस्टेस विवादित

काठमाडौं । भारतीय क्रिकेट खेलाडी महेन्द्रसिंह धाेनी विमानमा निदाइरहेको भिडिओ रेकर्ड गर्ने एयर हाेस्टेस विवादित बनेकी छिन् । भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि धोनीका समर्थकले उनको व्यक्तिगत गोपनीयता उल्लङ्घन गरेको भन्दै एयर होस्टेसलाई बर्खास्त गर्न माग गरेका छन् ।

भाइरल भिडिओमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं चेन्नाई सुपर किङ्सका कप्तान धोनी निदाइरहेका देखिन्छन् । छेउमा रहेकी उनकी पत्नी साक्षी धोनी फोनमा व्यस्त हुन्छिन् ।

त्यसैको मौका छोपी एयरहोस्टेसले भिडिओ खिचेकी थिइन् । भिडिओ भाइरल भएपछि धोनीको व्यक्तिगत गोपनीयता उल्लङ्घन भएको भन्दै अधिकांश सामाजिक सञ्जाल प्रयाेगकर्ताले आलोचना गरेका छन् । साथै सेलिब्रेटीसहित अन्य प्यासेन्जरको गोपनीयताबारे पनि ख्याल राख्न उनीहरूले सुझाव दिएका छन् ।

कतिपयले भने एउटा समर्थकको नाताले एयरहोस्टेसले भिडिओ बनाएको भन्दै प्रशंसा गरेका छन् ।

पछिल्लो अध्यावधिक: साउन १७, २०८० १५:४०