close

भन्सार छली भित्र्याइएका साढे ५ लाख मूल्यका आईफोन कभर तथा एक्सेसरिज बरामद

टेकपाना टेकपाना

साउन १८, २०८० १०:५४

भन्सार छली भित्र्याइएका साढे ५ लाख मूल्यका आईफोन कभर तथा एक्सेसरिज बरामद

काठमाडौं । सशस्त्र प्रहरी बलले भन्सार छली भित्र्याइएका आईफोनका कभर तथा एक्सेसरिज बरामद गरेको छ । रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका ४ बसन्तपुर बाइपास रोडबाट बुधबार उक्त सामान बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बलका अनुसार बरामद गरिएका आईफोन मोबाइलका कभर तथा एक्सेसरिज करिब पाँच लाख ४२ हजार ४०० रुपैयाँ बराबरका छन् । विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डा रूपन्देहीले सोही ठाउँमा रहेको एक स्थानीयको घरको सटरमा तीन ओटा कार्टुनमा राखिएका उल्लेखित सामान फेला पारेको हो ।

बरामद गरिएका सामान आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीमा बुझाइएको छ ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८० १०:५४