close

एन्ड्रोइडको नयाँ फिचर, अब टाढै बसेर क्यूआर कोड स्क्यान गर्न सकिने

टेकपाना टेकपाना

साउन २०, २०८० १४:५

एन्ड्रोइडको नयाँ फिचर, अब टाढै बसेर क्यूआर कोड स्क्यान गर्न सकिने

काठमाडौं । गुगलले एन्ड्रोइड फाेनमार्फत बारकोड स्क्यान गर्दा स्वत: जुम हुने फिचर ल्याउने भएको छ । टाढा रहेका बारकोडहरू स्क्यान गर्न सजिलाे बनाउने उद्देश्यसहित कम्पनीले स्वचालित रूपमा बारकोड जुम हुने फिचर ल्याउन लागेकाे हाे ।

हाल प्रयोगकर्तालाई आफ्नो क्यामेराबाट बारकोड तथा क्यूआर कोड स्क्यान गर्दा नजिक जानुपर्ने वा आफैंले जुम गर्नुपर्ने बाध्यता छ । नयाँ फिचरमा भने बारकोड तथा क्यूआर कोडहरू स्क्यान गर्दा स्वतः जुम हुने सुविधा छ ।

यो फिचर ल्याउन एन्ड्रोइडले आफ्नो एपीआईमा काम गरिरहेको एन्ड्राेइड जानकार मिशाल रहमानले उल्लेख गरेका छन् ।

एक एक्स पाेस्ट (ट्वीट) गर्दै उनले ​अपडेटेड एपीआईहरूलाई बारकोड स्क्यानिङ गर्ने एपहरूमा प्रयोग गरिने र त्यसले डेभलपरहरूलाई एप निर्माणमा सहयोग गर्ने बताएका छन् ।

यस सुविधा एन्ड्रोइड १३ र त्यसमाथिका भर्सनहरूमा उपलब्ध हुने बताइएकाे छ, जुन बारकोड स्क्यान गर्ने प्रयोगकर्ताहरूका लागि निकै सहयोगी हुन सक्नेछ ।

पछिल्लो अध्यावधिक: साउन २०, २०८० १७:३