close

पोर्न साइट चलाउन १८ वर्ष नाघेको प्रमाणित गर्नुपर्ने नियम आएपछि अमेरिकी राज्यमा पोर्नहब बन्द

टेकपाना टेकपाना

साउन २०, २०८० १६:३७

पोर्न साइट चलाउन १८ वर्ष नाघेको प्रमाणित गर्नुपर्ने नियम आएपछि अमेरिकी राज्यमा पोर्नहब बन्द

 

काठमाडौं  । एडल्ट वेबसाइट पोर्नहबकाे सञ्चालक कम्पनी माइन्डगिकले आफ्नो साइटमा अमेरिकाको अर्कान्सास राज्यका सबै प्रयोगकर्तालाई ब्लक गरेको छ । अर्कान्सास राज्यले उमेर प्रमाणीकरण (Age verification) सम्बन्धी नयाँ कानून लागू गरेसँगै कम्पनीले अर्कान्सासमा आफ्नो प्लेटफर्म बन्द गरेको हो ।

नयाँ कानून अनुसार पोर्नहबजस्ता एडल्ट साइट चलाउन प्रयोगकर्ताले आफ्नो सक्कली कागजपत्रसहित १८ वर्ष नाघेको प्रमाण पेश गर्नुपर्छ ।  उक्त कानूनमा विमति राख्दै माइन्डगिकले अर्कान्सास राज्यकाे आईपी एड्रेसहरूबाट साइटमा आउने ट्राफिक बन्द गरेको भर्जले जनाएकाे छ ।

बालबालिकालाई सुरक्षा गर्ने उद्देश्यले बनेको याे कानूनले पाेर्नहबका अन्य प्रयाेगकर्ताको गोपनीयता भङ्ग हुने माइन्डगिकको तर्क छ । कम्पनीको उक्त कदमले रेडट्युब लगायत अन्य एडल्ट साइटहरूमा समेत असर परेको छ ।

यसअघि पहिलो पटक अमेरिकाकै लुइसियाना राज्यले उमेर प्रमाणीकरण सम्बन्धी नियम लागू गरेको थियो । त्यसबेला पाेर्नहबको ट्राफिकमा ८० प्रतिशतले कमी आएको बताइएको थियो । 

बालबालिकाहरूलाई अनलाइनमा अश्लील सामग्रीबाट जोगाउने उद्देश्यले उमेर प्रमाणीकरणको नीति ल्याइए पनि यसबारे विभिन्न विवाद र आलोचना आइरहेको छ ।

हाल यस्ताे कानून अमेरिकाका अन्य ६ राज्यहरूले पनि लागू गरेका छन् । यद्यपि सबै राज्यमा प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन ।

माइन्डगिकले उमेर प्रमाणीकरण​ सम्बन्धी कानूनको विरुद्धमा अर्कान्सास बाहेक मिसिसिपी, यूटा, भर्जिनिया लगायतका राज्यमा पनि पाेर्नहब बन्द गर्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: साउन २०, २०८० १६:४०