close

नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो

टेकपाना टेकपाना

साउन २४, २०८० ७:५४

नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो

काठमाडौं । १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड हराएको छ । बुधबार एक सूचना जारी गर्दै नेपाल टेलिकमले ५० रुपैयाँका दरको २० हजार थान रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी दिएको हो ।

"यस कम्पनीको रु ५० दरको सि.नं. ११२२१२००१२७८०००१ देखि ११२२१२००१३८०००० सम्मका 'नमस्ते' ब्रान्डको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हुँदा उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथा बिक्री वितरण नगर्नुहुन सम्पूर्ण ग्राहक तथा वितरकहरूमा अनुरोध गरिन्छ," टेलिकमले जारी गरेको सूचनामा लेखिएको छ ।

यदि कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन टेलिकमले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८० ८:२६