close

स्नातक दोस्रो वर्षको परीक्षामा मोबाइलबाट चिट चोरेपछि पूर्वमेयरको परीक्षा रद्द

टेकपाना टेकपाना

साउन २९, २०८० १०:१७

स्नातक दोस्रो वर्षको परीक्षामा मोबाइलबाट चिट चोरेपछि पूर्वमेयरको परीक्षा रद्द

काठमाडौं । परीक्षामा चिट चोरेको पाइएपछि कैलाली गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम बहादुर देउवा कारबाीमा परेका छन् ।

स्नातक तह दोस्रो वर्षको परीक्षा अन्तर्गत आइतबार भएको नेपाली विषयको परीक्षामा देउवाले मोबाइलबाट चिट चोरेपछि परीक्षा हलबाट निकालिएका हुन् ।

उनको उक्त विषयको परीक्षा रद्द गरिएको छ । एमालेबाट मेयरमा निर्वाचित भएका उनी खप्तड बहुमुखी क्याम्पस मसुरियामा अध्ययनरत छन् ।

परीक्षा सुरु भएको एक घण्टा नबित्दै मोबाइलबाट चिट चोरेको पाइएपछि उनको परीक्षा रद्द गरिएको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसले जनाएकाे छ ।

देउवाले अन्य विषयको परीक्षा भने दिन पाउनेछन् । 

पछिल्लो अध्यावधिक: साउन २९, २०८० १४:१४