close

पुरानो वा बिग्रेको किबोर्ड र माउससँग प्रोलिङ्क ब्राण्डको नयाँ किबोर्ड र माउस साट्न मिल्ने !

टेकपाना टेकपाना

साउन २९, २०८० १५:२३

पुरानो वा बिग्रेको किबोर्ड र माउससँग प्रोलिङ्क ब्राण्डको नयाँ किबोर्ड र माउस साट्न मिल्ने  !

काठमाडौं । पुरानो किबोर्ड र माउससँग प्रोलिङ्क ब्राण्डको किबोर्ड र माउस साट्न सकिने भएको छ । नेपालका लागि प्रोलिङ्कको आधिकारिक बिक्रेता एसएचटीसी इन्टरनेसनल प्रालिले ‘प्रोलिङ्क एक्सचेन्ज मेला’ अन्तर्गत यस्तो अफर ल्याएको हो ।

यसका लागि प्रयोगकर्ताले कुनै पनि मोडेलको पुरानो वा बिग्रेको किबोर्ड तथा माउसमा ९९९ रुपैयाँ थपेर प्रोलिङ्कको 'जीके १००२ एम' किबोर्ड र 'जीएम १००१' माउस लिन सक्नेछन् ।

भदौ १ र २ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म यो अफर सञ्चालन हुनेछ । त्यसका लागि इच्छुक व्यक्ति सो मितिमा काठमाडौं लाजिम्पाट उत्तर ढोका मेट्रो पार्कको तेस्रो तलामा जानुपर्ने हुन्छ । ​गुगल म्याप्सको लिङ्कका लागि यहाँ क्लिक गर्नुहोस् ।

कम्पनीले यसका लागि तीन हजार किबोर्ड तथा माउस स्टकमा राखेको छ । टेकपानासँग कुरा गर्दै एसएसटीसीको बिजनेस डेभलपमेन्ट हेड अभिजित विश्वासले भने, “जुनसुकै कम्पनीको बिग्रेको थोत्रो जुनसुकै माउस र किबोर्ड भए पनि एक्सचेन्ज हुन्छ । तर, त्यसमा ९९९ रुपैयाँ थप्नुपर्छ ।”

एक्सचेन्ज गरिएका किबोर्ड तथा माउसमा कम्पनीले एक वर्षको वारेन्टीसमेत उपलब्ध गराउनेछ । त्यस्तै यो अफरमा सहभागी हुन इच्छुक व्यक्तिले कम्पनीको फेसबुक, इन्स्टाग्रामटिकटकमा फलो गरेको हुनुपर्नेछ ।

कम्पनीका अनुसार एउटा व्यक्ति एक पटकमात्र यस अफरमा सहभागी हुन सक्नेछ । यसरी एक्सचेन्जमा लगिएका डिभाइसलाई मर्मत गरेर दान गर्ने कम्पनीको योजना छ ।

उनले भने, “हामीले लिएका पुराना माउस वा किबोर्ड रिसाइकल तथा मर्मत गरेर दान गर्नेछौं । त्यसैले भरसक मर्मत गर्न वा रिसाइकल गर्न सकिने किबोर्ड र माउस ल्याउन सक्नुहुन्छ ।”

संयुक्त रूपमा प्रोलिङ्कको किबोर्ड वा माउस खरिद गर्नुपरे त्यसको मूल्य १७०० पर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन २९, २०८० १५:३९