close

भदौ २८ मा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन हुँदै, इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्क

टेकपाना टेकपाना

साउन ३२, २०८० १०:१

भदौ २८ मा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन हुँदै, इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्क

 

काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्त रूपमा भदाै २८ मा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिङ्क कम्युनिकेसनले इन्टरनेट साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।

सम्मेलनमा सहकार्यबारे बुधवार सम्मेलन मूल आयोजक कमिटिका संयोजक विशाल गैरे र वर्ल्डलिङ्क कम्युनिकेसनका सञ्चालक मनोज अग्रवालबीच  समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वर्ल्डलिङ्कले युवा उद्यमीहरूलाई प्रोत्साहन र उद्यमशीलताको वातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वर्ल्डलिङ्कका सञ्चालक मनोज अग्रवालले बताए । उनका अनुसार वर्ल्डलिङ्कले सस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी ​देशभरकै युवाहरुलाई इन्टरनेटको पँहुच ल्याउन प्रयास गरिरहेको छ ।

त्यसैगरी नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले युवाहरूलाई प्रोत्साहित गर्ने, ​स्टार्टअप उद्यमहरूलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत् समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० का निमार्ण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धिमूलक हुने बताए ।

उनका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरु शिखर सम्मेलनमा सहभागी हुनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने यो वर्षको सम्मेलनमा “युवा नर्वप्रवर्तन: लगानी र समृद्धि” भन्ने मूल नारा तय गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३२, २०८० १४:४२