close

चन्द्रमामा भारतको चन्द्रयान ३ अवतरण गरिसकेको भन्दै केपी ओलीको भ्रामक पोस्ट

टेकपाना टेकपाना

भदौ ६, २०८० १४:१८

चन्द्रमामा भारतको चन्द्रयान ३ अवतरण गरिसकेको भन्दै केपी ओलीको भ्रामक पोस्ट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक पोस्टमार्फत चन्द्रयान ३ चन्द्रामामा अवतरण गरिसकेको भन्दै भ्रामक पोस्ट गरेका छन् । बुधबार बेलुका ६ः०४ (भारतीय समय अनुसार) मा अवतरण हुने भनिएको चन्द्रयान ओलीले सफलतापूर्वक अवतरण भइसकेको भन्दै स्ट्याटस लेखेका हुन् । 

“आज भारतको चन्द्र यान - ३ चन्द्रमाको दक्षिणी ध्रुव (South pole) मा अवतरण गरेको छ,” उनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेखेका छन्, “यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई !”

उनले अगाडि लेखेका छन्, “पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं ।”

जबकी यो अबको करिब चार घण्टापछि चन्द्रमाको दक्षिण धुव्रमा अवतरण गर्ने बताइएको छ । सो क्षेत्र निकै जोखिमयुक्त भएकाले सफल हुन्छ वा हुँदैन भन्नेमा वैज्ञानिक पनि अनविज्ञ छन् ।  

फेसबुकमा भ्रामक पोस्ट गरेको भन्दै कमेन्ट आउन थालेपछि ओलीले उक्त स्ट्याटस हटाएका छन् ।

 

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १४:२८