close

सूचना प्रविधिमा रुचि राख्नेहरूका लागि ‘टेक ट्रिक्स २०२३’ आयोजना हुँदै

टेकपाना टेकपाना

भदौ ७, २०८० ९:१३

सूचना प्रविधिमा रुचि राख्नेहरूका लागि ‘टेक ट्रिक्स २०२३’ आयोजना हुँदै

काठमाडौं । न्यू समिट कलेजको आयोजनामा भदौ २९ देखि ३१ गतेसम्म सूचना तथा प्रविधि सम्बन्धी मेला ‘टेक ट्रिक्स २०२३’ हुने भएको छ । कलेजले सीएसआईटी एसाेसियन अफ नेपालसँग सहकार्य गरेर उक्त कार्यक्रम गर्न लागेको हो । 

तीन दिने कार्यक्रममा विद्यार्थीले तयार पारेका परियोजनाको प्रदर्शनी, ह्याकाथन, वेब डिजाइनिङ प्रतियोगिता, आईटी हाजिरीजवाफ लगायतका गतिविधि हुने कलेजले जनाएको छ ।

कलेजले सन् २०१८ देखि आयोजना गरिरहेको यस कार्यक्रमार्फत् विद्यार्थी, प्रोग्रामर, डेभलपर, डिजाइनर लगायत सूचना प्रविधिमा रुचि भएका व्यक्तिहरूलाई जोड्ने बताइएको छ । 

यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: भदौ ७, २०८० ९:१३