close

मोबाइल नम्बर मार्फत एक बैंकबाट अर्को बैंक खातामा पैसा पठाउँदा आईफोन १४ प्रो जित्न सकिने

टेकपाना टेकपाना

भदौ ७, २०८० १४:२६

मोबाइल नम्बर मार्फत एक बैंकबाट अर्को बैंक खातामा पैसा पठाउँदा आईफोन १४ प्रो जित्न सकिने

काठमाडौं । भुक्तानी सञ्चालक फोनपेले ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियान ल्याएको छ । एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्न मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउन यो अभियान सञ्चालन गरिएको फोनपेले जनाएको छ । 

‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदानप्रदान गर्दा उक्त कारोबार छिटाे र सुरक्षित रहने कुरामा विशेष प्राथमिक्ता दिएको कम्पनीले उल्लेख गरेको छ । 

यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्नेबारे शिक्षित गर्नु रहेको कम्पनीको भनाइ छ ।

भदौ महिनाभरि चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे  डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको छ ।

यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आईफोन १४ प्रोको मेगा उपहार र अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ७, २०८० १४:२७