close

२५ वर्ष पूरा भएकाहरू मात्र उबर चालक बन्न पाउने !

टेकपाना टेकपाना

भदौ १०, २०८० ९:४२

२५ वर्ष पूरा भएकाहरू मात्र उबर चालक बन्न पाउने !

काठमाडौं । राइड हेलिङ कम्पनी उबरले क्यालिफोर्नियामा चालकका लागि नयाँ नियम ल्याएको छ । बिहीबारदेखि लागू भएको यो नियममा अब उबर चलाउने चालकको उमेर कम्तिमा २५ वर्ष पुगेको हुनुपर्नेछ ।

क्यालिफोर्निया राज्यमा चालकहरूको लागि बीमाको लागत धेरै महँगो भएपछि कम्पनीले यस्तो नियम ल्याएको हो । चालकको न्यूनतम उमेर २५ वर्ष राख्दा बीमा लागत नियन्त्रण हुने कम्पनीको विश्वास छ ।

तर यो नियम कार्यान्वयनमा आउनुअघि उबर चलाउन स्वीकृति पाएका चालकहरूलाई काम गर्न भने बाधा पुग्ने छैन । त्यस्तै उबर इट चालकहरूका लागि यो नियम लागू हुनेछैन ।

उबरका अनुसार क्यालिफोर्नियामा बीमा लागत नियमित ट्याक्सी वा व्यक्तिगत कारहरूको तुलनामा राइडशेयर चालकहरूको लागि धेरै बढी छ । उबरको प्रतिस्पर्धी लिफ्टले यसअघि नै चालकको न्यूनतम उमेर २५ हुनुपर्ने नियम ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० ९:४२