close

आईफोनमा अब गुगल क्रोमको सर्चबार तलपट्टि हुने

टेकपाना टेकपाना

भदौ ११, २०८० ११:५०

आईफोनमा अब गुगल क्रोमको सर्चबार तलपट्टि हुने

 

काठमाडौं । आईओएस प्रयोगकर्तालाई लक्षित गर्दै गुगलले क्रोमको सर्चबार तलपट्टि राख्ने भएको छ । द टेप ड्राइभका सम्पादक स्टिभ मोसेरले एक्समा एक पोस्ट राख्दै गुगलले सो फिचर ल्याउन लागेको जानकारी दिएका हुन् । 

एप्पलले आईओएस १५ भर्सन सार्वजनिक गरेसँगै सफारी ब्राउजरमा एड्रेस बार तलपट्टि समावेश गरेको थियो । उक्त फिचर आईओएसमा आएसँगै आईओएसमा क्रोम ब्राउजर प्रयोग गर्ने प्रयोगकर्ताले सो फिचर क्रोममा आउने अपेक्षा गरेका थिए ।

हाल बेटा भर्सनमा उपलब्ध यो फिचर क्रोमले छिट्टै सार्वजनिक गर्न लागेको स्टिभ मोसरले उल्लेख गरेका छन् ।

यदि क्रोम फर आईओएसको बेटा भर्सन इन्स्टल गर्नुभएको छ भने सबैभन्दा पहिले यो एड्रेस chrome://flags/#bottom-omnibox-steady-state सर्च गरी सो फिचर इनेबल गर्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् ।

त्यसपछि लेआउटको सेक्सनमा जानुहोस् । त्यहाँ बटम एड्रेसको अप्सन देखिन्छ । त्यसैलाई छानेको खण्डमा एड्रेसबार तलपट्टि देखिनेछ ।

यदि तपाईं यो फिचर प्रयोग गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गरेर टेस्ट फ्लाइटमा जोइन हुनुपर्ने हुन्छ । त्यहीबाट क्रोमको बेटा भर्सन डाउनलोड गरेर यो फिचर प्रयोग गर्न सकिन्छ ।

हाल बेटा भर्सनमा उपलब्ध भएकाले यो फिचरले शतप्रतिशत काम नगर्न सक्छ । गुगलले आधिकारिक रूपमा यो फिचर कहिले उपलब्ध हुन्छ भन्ने नखुलाएकाले प्रयोगकर्ता केही समय पर्खिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ ११, २०८० १२:४९