काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो युट्युब च्यानलमा आज हुने नेपाल र पाकिस्तानबीचको क्रिकेटको खेलको प्रि म्याच र पोस्ट म्याच शो प्रसारण गर्ने भएको छ ।
क्यानका प्रतिनिधि भानु सिग्देलले दिएको जानकारी अनुसार खेल सुरु हुनुअघि र खेल सकिएपछि उक्त खेलबारे विश्लेषण र टिप्पणी गर्न यस्तो शो प्रसारण गर्न लागिएको हो ।
बुधबारकाे खेलका लागि पूर्व राष्ट्रिय क्रिकेटर शरद भेषवाकर हाेस्टका रूपमा रहनेछन् अतिथिमा प्रशिक्षक जगत टमाटा रहनेछन् ।
खेलको प्रत्यक्ष प्रसारण भने स्टार स्पोर्ट्स च्यानलमा हुनेछ ।