close

हास्य कलाकार सुमन कार्कीको फेसबुक पेज ह्याक, स्टोरीमा लगालग अश्लील तस्विर आउँदै

टेकपाना टेकपाना

भदौ १४, २०८० ११:२३

हास्य कलाकार सुमन कार्कीको फेसबुक पेज ह्याक, स्टोरीमा लगालग अश्लील तस्विर आउँदै

काठमाडौं । हास्य कलाकार सुमन कार्कीको फेसबुक पेज ह्याक भएको छ । कार्कीले बिहीवार ह्याक भएकै पेजमार्फत एक पोस्ट राख्दै त्यसको जानकारी दिएका हुन् । 

टेकपानासँगको संक्षिप्त ह्वाट्सएप संवादमा कार्कीले आफ्नो पेज ह्याक भएको पुष्टि गरे । ह्याक गरेको व्यक्तिले उनको स्टोरीमा अश्लील फोटो राखेर मालवेयरको लिङ्कमा क्लिक गराउन लगाइरहेको देखिन्छ । उनले भने स्टोरी हटाउँदै आइरहेका छन् । 

“मेरो पेज ह्याक भएर लगालग स्टोरी आको आइछ,” उनले लेखेका छन्, “समाधानको उपाय खोजिरा'छु ।”

कार्की अस्ट्रेलियाका विभिन्न कार्यक्रम सकेर फर्किने क्रममा छन् । १२ घण्टाअघि पोस्ट राख्दै उनले नेपाल फर्किन लागेको जानकारी दिएका थिए । उनको पेज ह्याक भएको भनिएको भए पनि ह्याकरले कुन रोल (एड्मिन वा इडिटर) को एक्सेस लिएको छ भन्ने कुरा खुल्न सकेको छैन । 

 

पछिल्लो अध्यावधिक: भदौ १४, २०८० ११:२३