काठमाडौं । एप्पलले ट्वीटर (हालकाे एक्स), युट्युब र एप्पल सपोर्ट कम्युनिटीमा दिँदै आएको ह्युमन एसिस्टेन्ट सपोर्ट (मानवीयता सहायत सेवा) बन्द गर्ने भएको छ ।
म्याक र्युमरका अनुसार कम्पनीले आउँदो अक्टोबरदेखि च्याटमा आधारित एप्पलको सपोर्ट सेवा बन्द हुने जानकारी दिएको हो । योसँगै एप्पलका कर्मचारीबाट ग्राहकले पाइरहेको प्रत्यक्ष सहयोग यी प्लेटफर्महरूमा बन्द हुनेछ । यद्यपि यसको विकल्पमा प्रयोगकर्ताले अटोमेटेड मेसेज सहयोगका रूपमा प्राप्त गर्नेछन् ।
यसअघि ट्वीटरमा एप्पल सपोर्ट ह्यान्डल र युट्युबमा सोही नामकाे च्यानलको कमेन्ट सेक्सन र एप्पल सपोर्ट कम्युनिटीबाट प्रयोगकर्ताले विभिन्न विषयमा एप्पलका कर्मचारीबाट सहयोग प्राप्त गर्थे ।
अटाेमेटेड मेसेजकाे सेवा लागू हुने भएसँगै ह्युमन एसिस्टेन्ट सपोर्टमा कार्यरत कर्मचारीहरूलाई फोन कलमा आधारित सेवामा परिचालन गर्ने कम्पनीकाे याेजना छ ।