close

फेसबुक मेसेन्जरमा ‘सेलर ग्रुप’ बनाएर क्रिप्टो कारोबारमा संलग्न पुरुषोत्तम कार्की पक्राउ

टेकपाना टेकपाना

भदौ १८, २०८० १८:५१

फेसबुक मेसेन्जरमा ‘सेलर ग्रुप’ बनाएर क्रिप्टो कारोबारमा संलग्न पुरुषोत्तम कार्की पक्राउ

काठमाडौं । बाइनान्स (क्रिप्टो) कारोबारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक घर भई हाल जिल्ला काठमाडौं बुढानीलकण्ठ बस्दै आएका २७ वर्षीय पुरुषोत्तम कार्कीलाई पक्राउ गरेको हो । 

सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा सेलर ग्रुप भन्ने ग्रुपमा आवद्ध भई क्रिप्टो कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धानका क्रममा कार्की पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

अनुसन्धान गर्दै जाँदा​ फेसबुक ग्रुपमा आवद्ध भई बाइनान्स आईडी बनाएर यूएसडीटी (Crypto) खरिद बिक्रीका लागि विभिन्न व्यक्तिहरूको बाइनान्स आईडी ३,७२६.९८ यूएसडीटी बराबरको राखी बाइनान्स आईडीबाट विभिन्न व्यक्तिहरूको बैक खाता लगायत वालेटहरूमा रकम ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको देखिएपछि कार्कीलाई नियन्त्रणमा लिइएकाे प्रहरीकाे विज्ञप्तिमा उल्लेख छ ।

आरोपित कार्कीमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० १२:३०