close

क्रोमबुकलाई चुनौती दिन एप्पलले सस्तो मूल्यको म्याकबुक ल्याउने

टेकपाना टेकपाना

भदौ २०, २०८० ११:५३

क्रोमबुकलाई चुनौती दिन एप्पलले सस्तो मूल्यको म्याकबुक ल्याउने

काठमाडौं । गुगलको ‍क्रोमबुकसँग प्रतिस्पर्धा गर्न एप्पलले सस्ताे म्याकबुक ल्याउने भएको छ । २०२४ को मध्यसम्म बजारमा ल्याउने गरी एप्पलले उक्त म्याकबुक उत्पादनकाे तयारी थालेकाे हाे ।

एप्पलका समाचार लेख्ने ‍म्याकर्‍युमरले डिजी टाइम्सलाई उध्दृत गर्दै अहिलेका म्याकबुक एयर र प्रोभन्दा नयाँ म्याकबुक निकै सस्तो हुने उल्लेख गरेकाे छ । याे म्याकबुकमा मेटल केस नै हुने भएता पनि फरक धातु प्रयाेग हुने चर्चा छ । त्यस्तै मेकानिकल कम्पोनेन्टहरू पनि सस्तो खालका हुनेछन् ।

डिजी टाइम्सको रिपोर्ट अनुसार सन् २०१९ मा संसारभर एक करोड ३९ लाख थान क्रोमबुक बिक्री भएकोमा २०२० मा तीन करोड थान बिक्री भएको थियो । त्यस्तै २०२१ मा तीन करोड ३५ लाख थान बढी बिक्री भएको थियो ।

कोरोना महामारीले गर्दा गुगलको उक्त सस्तो ल्यापटप अझ बिक्री भएको डिजीले बताएको छ । शैक्षिक क्षेत्रका व्यक्तिहरूले एप्पलको आईप्याड जस्ता उत्पादनभन्दा सस्तो क्रोमबुक खरिद गरिरहेकाले एप्पलको आँखा त्यतातिर गएको हुनसक्ने अनुमान गरिएकाे छ ।

यद्यपि आधिकारिक रूपमा एप्पलले यसबारे केही बताएको छैन ।

 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८० ११:५३