close

समयमा पदक नबनेपछि नेपाल प्रविधि विद्याभूषणको वितरण स्थगित

टेकपाना टेकपाना

भदौ २२, २०८० ११:२

समयमा पदक नबनेपछि नेपाल प्रविधि विद्याभूषणको वितरण स्थगित

काठमाडौं । आउँदो असोज २ गते राष्ट्रिय शिक्षा दिवसका दिन वितरण गर्ने भनिएको नेपाल प्रविधि विद्याभूषण कार्यक्रम स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी पदक निर्माणको कार्य नसकिएकाले सो दिन पदक तथा प्रमाणपत्र वितरण नहुने जानकारी दिएको हो ।

यसअघि साउन २१ गते सूचना प्रकाशित गर्दै योग्य व्यक्तिहरूलाई आवेदन माग गरिएको थियो । त्यस्तै स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीले तयार पारेको उत्कृष्ट शोधपत्रका आधारमा विश्वविद्यालय अनुदान आयोगले पुरस्कृत गर्ने तालिका थियो ।

यससँगै साथै सोही दिन वितरण गर्ने भनिएको नेपाल विद्याभूषण 'क', 'ख' र 'ग', नेपाल छात्रा विद्यापदक 'क' र 'ख' समेत स्थगित भएका छन् । अब यी पुरस्कार वितरण गर्ने नयाँ मिति अर्को सूचनामा प्रकाशन गर्ने बताइएको छ ।


 

 

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० ११:६