close

त्रिवि इन्जिनियरिङ अन्तर्गत ३ करोड लगानीमा आईसीटी अनुसन्धान केन्द्र खोल्दै सरकार

टेकपाना टेकपाना

भदौ २२, २०८० १७:१९

त्रिवि इन्जिनियरिङ अन्तर्गत ३ करोड लगानीमा आईसीटी अनुसन्धान केन्द्र खोल्दै सरकार

 

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अनुसन्धान केन्द्र खोल्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको लगानीमा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत यस्तो केन्द्र सञ्चालनमा आउने भएको हो । 

हालै मात्र यो परियोजना सहितको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत भएको छ । जसअनुसार ३० करोड रुपैयाँ लगानीमा इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी आईसीटी अनुसन्धान केन्द्र स्थापना गरिनेछ । 

प्राधिकरणका अनुसार आउँदो असोजसम्म केन्द्र स्थापनाका लागि संस्थानसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गर्ने र पुससम्ममा त्यसका लागि पहिलो चरणमा ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ । त्यसपछि सोही परियोजनाका लागि चैतसम्म थप एक करोड रुपैयाँ र आर्थिक वर्षभित्र बाँकी एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ । 

नवीन प्रविधिको विकास र विस्तारमा योगदान पुर्‍याउने उद्देश्यका साथ यो परियोजना अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । 

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० १७:१९