काठमाडौं । सामाजिक सञ्जाल रेडिटमा गरिएका पोस्टहरूलाई अर्को भाषामा अनुवाद गर्न सकिने भएको छ । रेडिट एड्मिनले एक रेडिट पोस्ट लेख्दै यसबारे जानकारी दिएको हो ।
योसँगै अङ्ग्रेजी, स्पानिस, जर्मन, फ्रेन्स, पोर्चुगिज, इटालियन, डच र स्विडिस गरी आठ भाषामा पोस्टलाई अनुवाद गर्न सकिने भएको छ । प्रयोगकर्ताले रेडिटको एन्ड्रोइड/आईओएस एप तथा वेबबाट यो काम गर्न सक्ने छन् ।
यो फिचर बेटा भर्सनमा नै भएकाले आउँदा दिनहरूमा थप सुधार गर्दै जाने रेडिटले जनाएको छ । त्यस्तै आगामी दिनमा कमेन्टलाई पनि अनुवाद गर्न सकिने फिचर ल्याउने कम्पनीकाे याेजना छ ।
रेडिटमा पोस्ट अनुवाद गर्न सुरुमा अनुवाद गर्न चाहेको पोस्टमा जानुपर्छ । त्यहाँ उक्त पोस्ट गर्ने व्यक्तिको प्रोफाइलको ठीक तल 'ट्रान्सलेट' भन्ने विकल्प देखिन्छ । त्यसैमा क्लिक गरेर अनुवाद र भाषा चयन गर्न सकिन्छ ।