close

आफ्नो १८ औं वार्षिकोत्सवमा एनसेलले ल्यायो ७ जनाले स्कुटर जित्नसक्ने अफर, अन्यलाई के छ ?

टेकपाना टेकपाना

भदौ ३१, २०८० १३:३५

आफ्नो १८ औं वार्षिकोत्सवमा एनसेलले ल्यायो ७ जनाले स्कुटर जित्नसक्ने अफर, अन्यलाई के छ ?

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले १८ वर्ष पार गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा सरप्राइज अफर घोषणा गरेको छ । आइतवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले सबै ग्राहक मध्येबाट विजेता छनौट हुने अफर ल्याएको हो ।

यसअन्तर्गत प्रयोगकर्ताले *१७११७# डायल गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार अफर एक्टिभेट भइसकेपछि सबै प्रयोगकर्ताले विभिन्न अफर पाउनेछन् । 

सहभागी हुने प्रयोगकर्ताले एनसेलले उपलब्ध गराउने दैनिक, साप्ताहिक र बम्पर अफरहरू पाउन योग्य हुनेछन् । दैनिक उपहारमा ग्राहकले बिना कुनै शुल्क एनसेलका विभिन्न अफरहरू पाउने छन् । 

त्यस्तै प्रत्येक हप्ता एनसेलका एक हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् । यसैगरी अफरको अन्तिममा भाग्यशाली सात जनालाई एक एक ओटा स्कुटर दिने घोषणा कम्पनीले गरेको छ । 

एनसेलका अनुसार साप्ताहिक र बम्पर उपहार पाउनका लागि ग्राहकले अफर अवधिभर एनसेल सेवा प्रयोग गरेको हुनुपर्नेछ ।

त्यस्तै एनसेलको बारेमा तयार पारिएका रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत कम्पनीलाई पठाउन सकिनेछ । यो अफर आज (आइतवार ३१ भदौ) देखि २८ दिनसम्म सञ्चालन हुनेछ ।

 

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८० १३:३५