close

अर्को हप्ता काठमाडौंमा १०० भन्दा बढी स्टार्टअपको प्रदर्शनी हुँदै, सहभागिता र प्रवेश निःशुल्क

टेकपाना टेकपाना

असोज ७, २०८० १४:५९

अर्को हप्ता काठमाडौंमा १०० भन्दा बढी स्टार्टअपको प्रदर्शनी हुँदै, सहभागिता र प्रवेश निःशुल्क

काठमाडौं । आउँदो हप्ता काठमाडौंमा १०० भन्दा बढी स्टार्स्टअप तथा इनोभेसनको प्रदर्शनी हुने भएको छ । एक म्यागेजिनको आयोजनामा यही असोज १९ र २० गते काठमाण्डौंको बानेश्वर बैंक्वेट स्टार्टअप तथा आइडिया फेस्टसँगै स्टिम क्याम्प आयोजना हुने भएको हो ।

कार्यक्रममा सातै प्रदेशका स्टार्टअपले सहभागिता जनाउने आयोजकले जनाएको छ । आईसीटी अवार्ड २०२३ को प्रि (इभेन्ट क्याम्पेनको रूपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाड अफ चेन्जमेकरको सहकार्य रहनेछ ।

आईसीटी अवार्ड २०२३ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रोडक्ट र इनोभेसनले समेत फेस्टमा आफ्ना आइडिया र प्रोडक्ट प्रदर्शन गर्नेछन् । यसैगरी आयोजकले सातै प्रदेशबाट छनोट गरेका ३० बढी स्टार्टअपको पनि यस कार्यक्रममा सहभागिता रहनेछ ।

यसैगरी स्क्वाड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टलाई पनि प्रदर्शनीमा राख्नेछ ।

स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इनोभेटरलाई प्रवर्धन गर्न आयोजना गरिएको बताइएको छ । प्रर्दर्शनीमा सहभागी हुन चाहने स्टार्टअप र अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्ने छैन ।

दुई दिने प्रदर्शनीसँगै काठमाडौं बाहिरबाट सहभागी हुन आएका स्टार्टअपलाई मेन्टरिङ तथा इन्कुबेसन सेसन सञ्चालन हुनेछन् । कार्यक्रम मार्फत स्टार्टअप र आइडियामा लगानी गर्न चाहनेलाई पनि आयोजकले सहकार्य र इकोसिस्टमको लागि आह्वान गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असोज ७, २०८० १४:५९