काठमाडौं । ह्वावेले चीनको शांघाईमा ’सिड्स फर द फ्युचर समिट–२०२३ सम्पन्न गरेको छ । ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षामन्त्रीहरूको संगठन (सिमईयो) को आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
एसिया प्रसान्त क्षेत्रमा डिजिटल प्रतिभा विकासका लागि ’कनेक्ट, कल्टिभेट, कन्ट्रिब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’ भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा १९ देशबाट ९१ जना सहभागीले भाग लिएको ह्वावेले जनाएको छ । नेपालबाट समेत उक्त कार्यक्रममा चार जना सहभागी भएका थिए ।
जसमा सहजराज मल्ल र ज्योतिषकुमार झा- काठमाडौं विश्वविद्यालय, विवेक ढकाल- पोखरा विश्वविद्यालय, कश्मी थापा, कोभेन्ट्री विश्वविद्यालय (सफ्टवेरिका कलेज) रहेका छन् ।
कार्यक्रममा प्राविधिक र सांस्कृतिक आदान प्रदान कार्यक्रम, ह्वावेको विश्वस्तरीय अनुसन्धान र विकास केन्द्र तथा मुख्यालयको भ्रमण जस्ता गतिविधि समेत समेटिएको ह्वावेले जनाएको छ ।