close

कनेक्ट आईपीएसको ‘उडुँ-उडुँ लाग्छ’ अफर, फ्लाइट टिकेट बुकिङमा रु. २०० क्यासब्याक

टेकपाना टेकपाना

असोज १६, २०८० १८:७

कनेक्ट आईपीएसको ‘उडुँ-उडुँ लाग्छ’ अफर, फ्लाइट टिकेट बुकिङमा रु. २०० क्यासब्याक

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आईपीएस प्रयोगकर्ताका लागि 'उडुँ-उडुँ लाग्छ' अफर ल्याएको छ । चाडपर्वको समयलाई लक्षित गर्दै एनसीएचएलले फ्लाइटको टिकटको भुक्तानी कनेक्ट आइपीएसबाट गर्ने प्रयाेगकर्ताका लागि क्यासब्याक अफर ल्याएको हो ।

यस अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले रु २०० क्यासब्याक पाउने कम्पनीले जनाएकाे छ । साथै तीन भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेसन जित्न सक्नेछन् ।

क्यासब्याक अफर बुद्ध एयर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स र यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा उपलब्ध रहेको छ । यो अफर ११ कात्तिकसम्म उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

एनसीएचएलका अनुसार एयरलाइन्सको वेब वा मोबाइल एपबाट फ्लाइट टिकटका बुकिङ गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्ने सबै ग्राहकहरू यो अफरको लागि योग्य हुनेछन् । अफर अवधिमा हप्ता सकिएपछि कनेक्ट आईपीएसको वेबसाइटमा साप्ताहिक विजेताको घोषणा गरिने र क्यासब्याक रकम ग्राहकले भुक्तानी गरेको बैंक खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८० १८:२९