close

सस्तो मूल्यमा मोबाइल बिक्रीमा छ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जना पक्राउ

टेकपाना टेकपाना

असोज १७, २०८० ९:१८

सस्तो मूल्यमा मोबाइल बिक्रीमा छ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न मोबाइलको फोटो र भिडिओ राखी सस्तो मूल्यमा बिक्री गर्छु र घरमै पुर्‍याईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारी सुगौली घर भई हाल काठमाडौं बस्ने २० वर्षीय साजित मियाँ र पर्सा बिरगञ्ज महानगरपालिका घर भई हाल काठमाडौं बस्ने १७ वर्षीय बालक रहेका छन् ।

आईफोन लगायत विभिन्न ब्राण्डका मोबाइलहरूको फोटो तथा भिडिओ बनाई विज्ञापन गरी खरिद गर्न इच्छुक मानिसहरुलाई बैंक तथा ईसेवा खातामा रकम पठाउन लगाई ठगी भइरहेको उजुरी परेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रहरी टोलीले असोज १४ गते उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज १७, २०८० ९:१८