close

दशैं मनाउन विद्यार्थीहरू घर गएपछि एभरेष्ट इन्जिनिरिङ कलेजको प्रविधि मेला स्थगित

टेकपाना टेकपाना

असोज २४, २०८० १६:१८

दशैं मनाउन विद्यार्थीहरू घर गएपछि एभरेष्ट इन्जिनिरिङ कलेजको प्रविधि मेला स्थगित

 

काठमाडौं । एभरेष्ट इन्जिनिरिङ कलेजकाे आयोजनामा आज बुधबार हुने भनिएको ‘एभरेष्ट टेक फियस्टा २०२३’ स्थगित गरेको छ । पूर्वतालिका अनुसार निर्धारित कार्यक्रममा विद्यार्थी नै नआउने भएपछि कलेजले आफ्नो प्रविधि मेला स्थगित गरेको हो ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले टेक फियस्टा कार्यक्रममा विद्यार्थीले बनाएका परियोजना, रोबोट शो, प्यानल छलफल, प्रविधि सम्बन्धी खेल लगायतका विभिन्न गतिविधि गर्ने योजना बनाएको थियो । त्यस्तै २०१७ र २०१८ मा भर्ना भएका सिभिल, कम्प्युटर र आईटी इन्जिनियरिङका विद्यार्थीहरूले बनाएका उत्कृष्ट परियोजनालाई पुरस्कृत गर्ने तालिका पनि थियो ।

तर दशैं मनाउन विद्यार्थीहरू घर गएपछि कार्यक्रम नै स्थगित गर्नुपरेको कलेजका एक प्रतिनिधिले बताए ।

अब कलेजले सोही कार्यक्रम पुस १४ गर्ने बताएको छ । इन्जिनियरिङ शिक्षामा रुचि हुने जो कोहीलाई यस कार्यक्रम उपलब्धिमूलक हुने कलेजको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २४, २०८० १६:१८