close

अनलिमिटेड डेटा, भ्वाइस र एसएमएस प्याक सहित नेपाल टेलिकमले ल्यायो ‘अटम अफर’

टेकपाना टेकपाना

असोज २५, २०८० ११:५८

अनलिमिटेड डेटा, भ्वाइस र एसएमएस प्याक सहित नेपाल टेलिकमले ल्यायो ‘अटम अफर’

काठमाडौं । नेपाल टेलिकमले आजदेखि अटम अफर उपलब्ध गराएको छ । यसअन्तर्गत कम्पनीले विभिन्न भ्वाइस, डेटा तथा एसएमएस सम्बन्धी अफर दिएकाे छ । 

अटम अफरमा ​अनलिमिटेड अन–नेट भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अल टाइम डेटा प्याक, ​सजिलो अनलिमिटेड ६३६ प्याकेज (प्रिपेड) लगायतका सुविधा छन् ।

अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज

याे प्याकेज अन्तर्गत रु. १३ मा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा अनलमिटिड भ्वाइस कल गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ ।

त्यसैगरी सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत रु. १३ मा बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ ।

अल नेट भ्वाइस प्याक

याे प्याक अन्तर्गत रु. १८ मा एक दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

अल टाइम डेटा प्याक

यसैगरी अल टाइम डेटा प्याक अन्तर्गत रु. ९५ मा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डेटा उपलब्ध हुनेछ ।

त्यसैगरी आकर्षक सुविधा सहितको फोरजी अल टाइम डेटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुने टेलिकले जनाएकाे छ ।

प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ प्याकेज

कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराको छ ।

यस अनुसार रु. ६३६ मा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डेटासहितको प्याकेज उपलब्ध हुनेछ ।

सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ ।

नेपाल टेलिकम एप डाउनलोड गर्दा १ जीबी बोनस डेटा:

​कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउँदा १ जीबी डेटा बोनसको रुपमा उपलब्ध हुनेछ । सो डेटा तीन दिनसम्म प्रयोग गर्न सकिने छ ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ । साथै कम्पनीको ‘नेपाल टेलिकम’ एप र वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८० १२:३१