close

सीजी मोटर्सको एक्सचेन्ज क्याम्प, जुनसुकै ब्राण्डका पुराना गाडी नेटा भीसँग साट्न सकिने

टेकपाना टेकपाना

असोज २५, २०८० १५:३३

सीजी मोटर्सको एक्सचेन्ज क्याम्प, जुनसुकै ब्राण्डका पुराना गाडी नेटा भीसँग साट्न सकिने

काठमाडौं । सीजी मोटर्सले पुराना गाडीसँग एक्सचेन्ज गरी विद्युतीय गाडी नेटा भी लिन चाहने ग्राहकका लागि एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । असोज २४ गतेदेखि २८ गतेसम्म काठमाडौंस्थित विशालनगर शोरुममा हुने एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडी नेटा भीसँग साट्न सकिने कम्पनीले जनाएकाे छ ।

एक्सचेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक बर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफर समेत दिइरहेको कम्पनीले उल्लेख गरेकाे छ । साथै हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पनि दिइनेछ ।

सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भीले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेसर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको कम्पनीले जनाएको छ ।

''३८० किमि रेन्ज, ०.५ रुपैया प्रति किमि खर्च, १० वर्ष अथवा २,००,००० किमि ब्याट्री र मोटरमा वारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको हो,'' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८० १५:४१