close

कनेक्ट आईपीएसको योजना, रिफर गर्नेलाई २५ र रिफर पाउनेलाई ५० रुपैयाँ

टेकपाना टेकपाना

असोज २७, २०८० ८:३०

कनेक्ट आईपीएसको योजना, रिफर गर्नेलाई २५ र रिफर पाउनेलाई ५० रुपैयाँ

काममाडौं । कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर जारी राखेकाे छ । १६ मंसिरसम्म चल्ने याे अफर अन्तर्गत कनेक्ट आईपीएस प्रयोगकर्ताले आफूले चिनेका व्यक्तिहरूलाई रिफरल कोड पठाउन सक्नेछन् । उक्त रिफरल कोड प्रयोग गरी कनेक्ट आईपीएसमा लगइन गर्ने नयाँ प्रयोगकर्ताले अकाउन्ट सफलतापूर्वक बनाएर बैंक भेरिफाई गरेमा ५० रुपैयाँ प्राप्त गर्नेछन् । त्यसपछि रिफर गर्ने व्यक्तिले पनि २५ रुपैयाँ पाउने कम्पनीले जनाएको छ ।

‘रिफरी’ अर्थात रिफर प्राप्त गर्नेले कनेक्ट आईपीएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त 'रिफरल काेड' दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरेपश्चात 'रिफरर' ले रु. २५ आफ्नो बैंक खातामा र 'रिफरी' ले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्नेछन् ।

रिफरर ले आफ्नो  'रिफरल काेड' सँगै लिंक पनि शेयर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपमार्फत नयाँ युजर बनाउन सक्नेछन् ।

रिफरीको लिंक गरिएको खाता भेरिफाई भएपछि मात्र रिफररकाे खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाई गराइसक्नुपर्ने कम्पनीले उल्लेख गरेकाे छ । ​

रिफरल कोड कसरी पठाउने ? 

  • रिफरल कोड उपलब्ध गराउने प्रयोगकर्ताले सबैभन्दा पहिले कनेक्ट आईपीएस अकाउन्ट बनाएर बैंक भेरिफाई गर्नुपर्ने हुन्छ ।

  • त्यसपछि कनेक्ट आईपीएसको एप वा वेबमा जानुहोस् । 

  • ‘यति भएपछि ‘ड्याशबोर्ड’ मा देखिएको ‘रिफर अ फ्रेन्ड’ अप्सनमा ट्याप गर्नुहोस् । 

  • त्यसपछि अन्तिममा रहेको इन्भाइट फ्रेन्डको बटनमा ट्याप गर्नुहोस् । यति भएपछि मेसेन्जर, ह्वाट्सएप वा अन्य कुन माध्यमबाट लिङ्क पठाउने त्यो छान्नुहोस् । र, मेसेज पठाउनुहोस् । 

(यसो त रिफरल कोड कपि गरेर जसलाई रिफर गर्नुपर्ने हो, उसलाई फर्वार्ड गरे पनि हुन्छ । तर, रिफर कोड पाउने व्यक्तिले भने कनेक्ट आईपीएसको मोबाइल एप वा वेबसाइटमा गएर अकाउन्ट रजिस्टर गर्नुपर्ने हुन्छ ।)

कनेक्ट आईपीएस कसरी एक्टिभेट गर्ने ? 

  • सबैभन्दा पहिले मेसेजमा आएको लिङ्कमा जानुभयो भने तपाईंको डिभाइस एन्ड्रोइड हो भने प्लेस्टोरमा कनेक्ट आईपीएसको एप खुल्छ । यदि आईओएस हो भने एप स्टोरमा कनेक्ट आईपीएस एप खुल्छ । 

  • त्यसपछि एप इन्स्टल गरेर पूरा नाम, ईमेल आईडी, मोबाइल नम्बर, युजरनेम, पासवर्ड र रिफ्रल कोड राखेर कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् । 

  • यति भएपछि आपूले अगाडि राखेको युजरनेम र पासवर्ड राखेर लगइन गर्नुहोस् । 

  • अनि आफ्नो जन्ममिति राख्नुहोस् । त्यसपछि ईमेल र मोबाइल नम्बर भेरिफाई गर्नुहोस् । 

यसरी एप्रुभ भइसकेपछि कनेक्ट आईपीएसमा बैंक अकाउन्ट लिङ्क गर्नुहोस् । बैंक अकाउन्ट लिङ्क गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

  • त्यसका लागि सबैभन्दा पहिले कनेक्ट आईपीएसमा युजरनेम र पासवर्ड राखेर लगइन गर्नुहोस् । 

  • अनि, ड्याशबोर्डमा रहेको ‘बैंक अकाउन्ट’ अप्सन छान्नुहोस् । 

  • त्यसपछि ‘लिङ्क अकाउन्ट’ अप्सन छान्नुहोस् । 

  • यति गरेपछि बैंक विवरण भर्नुहोस् । 

  • अनि ‘सेन्ड फर एप्रुभल’ को बटनमा ट्याप गर्नुहोस् । 

  • अनि लिङ्क भएको बैंक अकाउन्टको फर्म डाउनलोड गर्नुहोस् । 

उक्त फर्म लिएर तपाईं सोही बैंकको शाखामा जानुपर्ने हुन्छ । बैंकले भरिफाई गरेर अकाउन्ट एक्टिभेसन गर्न सकिन्छ । यदि तपाईं बैंकमा जान चाहनु हुन्न भने ‘सेल्फ- भेरिफाई अकाउन्ट’को अप्सनमार्फत आफैं पनि भेरिफाई गर्न सक्नुहुन्छ । 

यसरी बैंक अकाउन्ट भेरिफाई गरिसकेपछि दुवै प्रयोगकर्ताको अकाउन्टमा भनिए अनुसारको रकम जाने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०८० ८:३९