close

ह्वाट्सएपमा पनि सुरु भयो पासवर्ड नराखेरै लगइन गर्न ‘पासकी’ फिचर

टेकपाना टेकपाना

असोज ३०, २०८० ११:४२

ह्वाट्सएपमा पनि सुरु भयो पासवर्ड नराखेरै लगइन गर्न ‘पासकी’ फिचर

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको अकाउन्ट सुरक्षित राख्न पासवर्डलेस सिस्टम सुरु गरेको छ । सोमवार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै कम्पनीले पासवर्डको विकल्पमा प्रयोग गर्न सकिने पासकी प्रणाली सुरु भएको जानकारी दिएको हो ।

यससँगै सुरुवाती चरणमा ह्वाट्सएपका एन्ड्रोइड प्रयोगकर्ताले फेस, फिङ्गरप्रिन्ट वा फोनको पिन प्रयोग गरेरै ह्वाट्सएप लगइन गर्न सक्नेछन् ।

पासवर्डको विकल्पमा प्रयोग गर्न सकिने पासकी बढी सुरक्षित हुन्छ । ​विशेषगरी त्यस्ता पासवर्ड कतै डेटा सेन्टरमा भन्दा फोनमै भण्डारण हुने भएकाले चोरी गर्न वा पासवर्ड जस्तै अनुमान गर्न असम्भव हुन्छ ।

त्यस्तै पासकी मल्टिफ्याक्टर अथेन्टिकेसनका सन्दर्भमा पनि सबै मापदण्द पूरा गरेका हुन्छन्, जसले गर्दा एसएमएस ओटीपीको आवश्यक पर्दैन ।

त्यसैगरी पासकी प्रयोग गरी सहजै विभिन्न डिभाइसमा अकाउन्ट लगइन गर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्तालाई पासवर्ड सम्झिरहने झन्झट गर्नु पर्दैन । त्यस्तै अकाउन्ट अर्काले ह्याक गर्ने वा सुरक्षा चुनौती हुने जोखिम निकै कम हुन्छ ।

ह्वाट्सएपले सोमवारदेखि यो फिचर एन्ड्रोइड प्रयोगकर्तामाझ उपलब्ध गराउन थालेको छ । यदि नेपालमा यो फिचर उपलब्ध भएमा ह्वाट्सएपको सेटिङमा गई पास कीको अप्सन छानेर पास की छनोट गर्न सकिन्छ । गुगलले पनि हालै पास की प्रणालीलाई डिफल्ट अप्सन बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १२:१९