close

ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सार्वजनिक, मासिक शुल्क रु. २९९

टेकपाना टेकपाना

असोज ३०, २०८० १५:५३

ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सार्वजनिक, मासिक शुल्क रु. २९९

 

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले सब्सक्रिप्सनमा आधारित ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै एकेडेमीले एन्ड्रोइड, आईओएस र वेबका लागि ‘कान्तिपुर सिनेमाज्’ सार्वजनिक गरिएको हो ।

मासिक २९९ रुपैयाँँमा सोलो सब्सक्रिप्सन लिएर ‘कान्तिपुर सिनेमाज्’मा उपलब्ध हुने सबै फिल्म तथा सिरिज हेर्न सकिने बताइएकाे छ । यसबाहेक एपमा कपल सब्सक्रिप्सन र फेमिली सब्सक्रिप्सन पनि लिन सकिने सुविधा छ । ​कपल सब्सक्रिप्सनका लागि ३९९ र फेमिली सब्सक्रिप्सनको लागि ४९९ रुपैयाँ ताेकिएकाे छ ।

‘कान्तिपुर सिनेमाज्’को सब्सक्रिप्सनको लागि नेपालबाट आईएमई पे र ईसेवाबाट भुक्तानी गर्न सकिनेछ भने नेपाल बाहिरबाट पेपालमार्फत भुक्तानी गर्नु पर्नेछ । यसबाहेक अफलाइन भुक्तानीको विकल्प पनि उपलब्ध गराइएको छ ।

‘कान्तिपुर सिनेमाज्’मा अहिले ‘ज्याकी: आइएम ट्वान्टी वन’, ‘जुलेबी’, ‘म’ लगायतका फिल्म राखिएकाे छ ।। त्यस्तै वेब सिरिजमा  ‘चि मुसी चि’, ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’ र ‘ब्रह्माण्ड’ राखिएकाे छ । सर्ट मुभीतर्फ ‘मदर’, ‘खरानी, ‘ऋतु’ र ‘नेपाली फिक्सन’ समावेश गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १५:५३