close

यूएईको बोटिम अल्ट्रा एपमार्फत अब सोझै आइएमई पे वालेटमा रेमिट्यान्स पठाउन सकिने

टेकपाना टेकपाना

कात्तिक १, २०८० २१:४३

यूएईको बोटिम अल्ट्रा एपमार्फत अब सोझै आइएमई पे वालेटमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्वी देशहरूसहित विश्वका १५५ देशमा सञ्चालनमा रहेको अस्ट्र टेकबीच सम्झौता भएको छ । अस्ट्र टेकबाट प्रवर्द्धित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिट्यान्स सेवा प्रवर्द्धन गर्न यो समझदारी भएको हो ।

यस अनुसार यूएईको केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बोटिम अल्ट्रा एपमार्फत आइएमईको डिजिटल वालेट आइएमई पेमा सोझै रकम पठाउन सकिने छ ।

आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न यो साझेदारी सार्थक हुने आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।

त्यस्तै, अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताए ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० २१:५९