close

गुगल डक्समै यसरी ड्राफ्ट गर्नुहोस् ईमेल

टेकपाना टेकपाना

कात्तिक ८, २०८० १५:३

गुगल डक्समै यसरी ड्राफ्ट गर्नुहोस् ईमेल

काठमाडौं । अब इमेल एपमा मात्र नभएर गुगल डक्समा समेत इमेलको खेस्रा बनाउन सकिन्छ । डक्समा टेम्प्लेटहरू प्रयोग गरेर तपाईंले इमेल पठाउन अघि तयार पार्ने, सम्पादन गर्ने काम गर्न सक्नुहुन्छ । त्यस्तै आफ्नोतर्फबाट अन्तिम भएपछि त्यसलाई सजिलै जिमेल मार्फत पठाउन सक्नुहुन्छ । इमेलका प्रतिक्रिया दिँदा खेस्रा बनाउन, अरुसँग सहकार्य गर्न, त्यसमा गरिएका परिवर्तन ट्य्राक गर्न डक्सबाटै सक्नुहुन्छ । आज हामी तपाईंलाई सोही तरिकाबारे सिकाउँदै छौ: 

-सबैभन्दा पहिले डक्समा जानुहोस् । यसका लागि यहाँ क्लिक गर्नुहोस् । अब बायाँ माथि भएको 'स्टार्ट अ न्यू डकुमेन्ट' मा क्लिक गरेर खाली डक्स खोल्नुहोस् । 

-@email draft टाइप गरेर इमेलको ड्राफ्ट तयार गर्नुहोस् । र इमेल ड्राफ्टको बुइलडिङ ब्लक छान्नुहोस् । अथवा मेनुबारको इन्सर्ट क्लिक गरेर 'बुइल्डिङ ब्लक्स' भित्र 'इमेल ड्राफ्ट' चयन गर्नुहोस् । 

-अब 'टु' मा इमेल पठाउनु पर्ने व्यक्तिको नाम लेख्नुहोस् । अथवा '@' टाइप गरी आफ्नो कन्ट्याक्टबाट व्यक्तिहरू  छान्नुहोस् । 

 

-'सब्जेक्ट'मा इमेलको विषय खुलाउनुहोस् ।

-अब 'बडी'मा विषयवस्तु लेख्नुहोस् । अब तपाईंले आफ्नो सहकर्मीहरूसँग वास्तविक समयमा सम्पादन गर्न सक्नुहुन्ट । उनीहरूले के गरिरहेका छन् तपाईंले ट्य्राक गर्न र निश्चित काम दिन सक्नुहुन्छ । 'कमेन्ट' लेखेर उनीहरूलाई सल्लाह दिन सक्नुहुन्छ । साथै आफ्नो समय जोगाउन 'हेल्प मी राइट' टुल प्रयोग गर्न सक्नुहुन्छ ।

 

-अब खेस्रा तयार भइसकेपछि बायाँभागमा भएको 'प्रिभ्यू इन जिमेल' मा  (जिमेलको लोगो) क्लिक गर्नुहोस् । त्यसमा क्लिक गर्नु भएपछि नयाँ विन्डोजमा जिमेल पठाउँदाको बक्स खुल्छ ।


 

-अब मेल त्यही हो भन्ने निश्चित भएपछि 'सेन्ड' बटनमा क्लिक गरी मेल पठाउन सक्नुहुन्छ । 

यसरी तपाईंले डक्सको माध्यमबाट नै इमेलको काम गरेर पठाउन सक्नुहुन्छ । यसले काम गर्न छिटो हुनुका साथै एकै ठाउँबाट धेरै काम समेत सक्नुहुन्छ । गुगल डक्स चलाउने बारे थप टिप्स हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८० १५:५७