काठमाडौं । चाडबाडकाे माैसम छ । भर्खरै दशैं सकियाे । तिहार, छठ आउँदै छन् । याे बेला धेरै मानिसहरू पर्यटकीय गन्तव्यमा घुमघामका लागि निस्किएका छन् । कतिले घुम्ने याेजना बनाउँदै छन् । देशका विभिन्न पर्यटकीय स्थलमा अहिले मानिसहरूकाे घुइँचो लागेकाे छ ।
यदि तपाईँ पनि घुम्ने योजना बनाउँदै हुनुहुन्छ वा घरमै बसेर ती ठाउँबारे जानकारी लिन चाहनुहुन्छ भने यो सामग्री तपाईँका लागि उपयोगी हुन सक्छ । आज हामीले देशका पर्यटकी गन्तव्य डुलाउने पाँच भ्लगिङ युट्युब च्यानलबारे जानकारी दिँदै छौं:
पृष्ठभूमि सूचना प्रविधि (आईटी) भए पनि खोटाङका कञ्चन राई उर्फ घुमन्ते घुम्ने काममै जमे । उनै राईको नेतृत्वमा सुरु भएको घुमन्ते युट्युब च्यानलमा तराईदेखि हिमाल, पूर्वदेखि पश्चिम समेटिएको छ ।
विशेष गरेर सिनेम्याटिक शट र आकर्षक आवाज सहितको भिडिओले सबैको मन तान्ने गर्छ । हाल यस च्यानलमको करिब २ लाख ४७ हजार सब्स्क्राइबर छन् । यसमा देशको विभिन्न ठाउँको मनोरम दृश्य, भेषभुषा, संस्कार संस्कृति यसबाट हेर्न सकिन्छ ।
उच्च स्तरीय भिडिओहरुको पारखी हुनुहुन्छ भने यो च्यानल तपाईंको प्रिय बन्न सक्छ । यसमा नेपालकाे बारेमा बनाइएका उच्च गुणस्तर र सिनमेटिक सिनहरुले भरिएको भिडिओहरु पाइन्छन् ।
यस च्यानलमा नेपालकाे सबै भूगाेल तथा क्षेत्रहरुकाे भिडिओ हेर्न सकिन्छ । मोरङ जिल्लाको हेमन्त भण्डारीकाे अग्रसरतामा सुरु भएको याे च्यानलमा हाल १ लाख ५५ हजार सब्सक्राइबर छन् ।
घुम्ने इच्छाले ट्राभल भ्लगर बन्ने पुगेकी सिर्जनाको यो यात्रा सन् २०१९ देखि मात्र सुरु भएको हो । सानैदेखि नदेखिएका ठाउँहरू जान मन पराउने सिर्जनाको यो च्यानलमा साँच्चै नै उनको मनोरम, आकर्षित साथै जोखिमपूर्ण यात्राहरूको भिडिओहरू हेर्न सकिन्छ ।
उनी आफू पुगेको स्थानको बारेमा मात्र जानकारी दिन्नन्, त्यहाँ कसरी पुग्न सकिन्छ, यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू लगायतका विवरण पनि दिन्छिन् । उनकाे च्यानलमा हाल ९४ हजार सब्सक्राइबर छन् ।
फरक शैली, सरल प्रस्तुति र ठाउँहरूको विस्तृत व्याख्या सहितको भिडिओले 'पूर्वी ब्लुज'को छुट्टै पहिचान बन्न पुगेको छ । विगतमा शिक्षण पेशामा आबद्ध सचिन न्यौपाने आफ्ना विद्यार्थीलाई पढाउन देशको ऐतिहासिक, साँस्कृतिक र भौगोलिक विवरणहरू पर्याप्त नभएपछि यात्रामा निस्किएका थिए ।
अहिले उनको त्यही जोशले सचिनलाई एउटा राम्रो ट्राभलरको रुपमा परिणत गरेको छ । हाल उनको च्यानलमा सात लाख दुइ हजार सब्सक्राइबर छन् । नेपालका देखिएका, नदेखिएका स्थानहरू ‘एक्स्प्लाेर’ गर्ने काम उनले गरिरहेका छन् ।
अहिले बजारमा चर्चामा रहेको भ्लगिङ च्यानल हो, नेपाल पीओभी । गत वर्ष मात्रै सुरु भएता पनि यस च्यानलमा नेपाल पहाडी भेगका उच्च गुणस्तरको भिडिओ हेर्न पाउन सकिन्छ । उस्तै उमेरका प्रशेष शिवाकोटी (लोमास),
सुजन श्रेष्ठ, विराज पाण्डे र सुदर्शन महर्जनमा यस च्यानलसँग आबद्ध छन् । संख्यात्मक हिसाबले च्यानलमा भिडिओ कम छन् । तर २९ वर्ष पुरानो बाइकमा उपर मुस्ताङ, दुध कुण्ड, शिव कुण्डका केही भिडिओ चर्चित छन् । करिब साढे दुई हजार सब्सक्राइबर भए पनि यात्रा सम्बन्धी भिडिओहरू हेर्नेका लागि यो एउटा राम्रो विकल्प हो ।
यी बाहेक नेपाल ३६०, पवनस्याम, हेर्ने कथा, सिसन बाँनिया लगायत नेपाली भ्लगरहरू तथा केही विदेशी भ्लगरहरूले समेत नेपालको भूगोल चिनाउन प्रत्यन्न गरिरहेका छन् ।