टेकपाना
कात्तिक १९, २०८० १४:२
काठमाडौं । नबिल बैंकको मोबाइल बैंकिङ एपमा समस्या आएको छ ।
बैंकको मोबाइल बैंकिङ एप ‘एन बैंक’मा अहिले ब्यालेन्स नदेखिने तथा फन्ड ट्रान्सफर नहुने समस्या देखिएको प्रयोगकर्ताले गुनासो गरेका छन् ।
बैंकका एक प्रतिनिधिले सिस्टम मर्मतको काम भइरहेकाले चाँडै नै प्राविधिक समस्या समाधान हुने जानकारी दिए ।
अपडेटः नबिल बैंकको मोबाइल बैंकिङ एपमा देखिएको समस्या समधान भएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८० १६:३०